११५ औ अन्तरािष्ट्रय श्रमिक महिला दिवस्को अवसरमा काठमाण्डौमा महिला मानव अधिकाररक्षकहरूको राष्ट्रिय सञ्जालको नेतृत्वमा महिलाको निम्ति महिला मंच नेपाल लगायत महिला अधिकारको क्षेत्रमा अभियानरत ३० भन्दा बढी संघ संस्थाको संयुक्त आयोजनामा ३८० भन्दा बढी अभियान्ताहरुको उपस्थितिमा र्याली तथा कोण सभाको आयोजना गरी अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । उक्त र्याली माइतिघर मण्डलादेखि भद्रकाली, न्यूरोड, बाघवजार हुँदै भृकुटि मण्डपमा पुगेर कोणसभामा परिणत भएको थियो ।
मानव अधिकारका क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाहरुले संयुक्त रुपमा समाजमा विद्यमानसबै प्रकारका संरचनात्मक विभेदको प्रतिरोध गर्दै “संरचनात्मक विभेद विरुद्ध प्रतिकारः श्रमिक महिलाहरुको पहिचान, मान्यता र सुरक्षा सनिश्चितताका अधिकार” भन्ने नाराका साथ ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ सबै श्रमिक महिलाहरुको अगुवाइमा श्रमिकहरुको
आन्दोलनको अभियानलाई थप सदृढ बनाउन र हरेक क्षेत्रमा महिला श्रमिकहरुको मान्यता, पहिचान र सुरक्षाका अधिकार सनिश्चितताका लागि सम्बन्धित सराकारवालाहरू बीच साझा मञ्च निर्माणलाई निरन्तरता दिन जरुरी छ । जसका लागि हामी यस अभियानमा निरन्तर छौं, हुने छौं र यस अभियानको सफलताका लागि सबैको ऐक्यवद्धताको लागि समेत अपिल गर्दछौैं ।