PRESS RELEASE

महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल, महिलाको निम्ती महिला मञ्च नेपाल, नेपाल महिला एकता समाज, तरङ्गिनी फाउन्डेसन, जागृति महिला माहासंघको समन्वयमा मिती २०७८ भाद« २८ गते “मेरो काम मेरो अधिकार हामी सबैको समान सरोकार” विषयक श्रमिकहरुको सवालमा महिला ईजलासको आयोजना गरिएको छ । यस इजलासमा महिला अधिकारकर्मि, सरकारी निकायका पदअधिकारी, कानुनविद, श्रमिक महिलाहरु सहित ६० जनाको सक्रिय सहभागिता रह्यो । यस ईजलासको मूल उद्देश्य असंगठित क्षेत्रमा, मानोरञ्जन क्षेत्रमा र यौनकर्मि श्रमिक महिलाहरुको श्रमिकको सवाल पहिचान गरी निति निर्माणकर्ताहरुलाई यस क्षेत्रका महिलालाई हेरिने सामाजिक दृष्टिकोणमा परिवर्तन, श्रमको पहिचान, सम्मान र मुल्याङकन सहित महिला श्रमिकमैत्री, उत्तरदायी र संवेदनशिल नीति नियम बनाउन पहल गर्नु रहेको थियो ।