महिला श्रमिकहरुका लागि नेतृत्व विकास सम्बन्धि जिल्ला स्तरीय दुई दिने तालिम सम्पन्न

इटहरी । मेरो काम मेरो अधिकार युवा महिला श्रमिकहरुका लागि नेतृत्व विकास सम्बन्धि जिल्ला स्तरीय दुई दिने तालिम इटहरीमा आज सम्पन्न भएको छ । महिलाको निम्ति महिला मञ्च नेपालले आयोजना गरेको दुई दिने तालिममा इटहरी ,धरान,खनार,झुम्का लगायतका १५ जना श्रमिक महिलाहरुको सहभागिता रहेको थियो ।
महिलाको निम्ति महिला मञ्च नेपालको सात जिल्ला र पाच प्रदेशमा राष्ट्रिय स्तरको सञ्जाल गठन भैसकेको साथै यस सञ्जालले मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरुलाई संगठित गर्दै सवाल उठान पैरवी मुलक कामहरु गर्दै आएको मञ्चकी काउन्सिलर अप्सरा थापाले बताइन् ।
त्यसै गरिे तालिम पश्चात् सुनसरी जिल्लाका श्रमिकहरुलाई नेतृत्व पहिचान गरि जिल्ला स्तरिय सञ्जाल गठन गरिने मञ्चकी कार्यक्रम अधिकृत मनिला साक्यले बताइन । कार्यक्रममा होटल ब्यवसायी संघका उपाध्यक्ष कृष्ण निरौला,वडा सदस्य कुमारी न्यौपाने,अधिकारकर्मी राधिका थापा,श्रमिक महिला साझा मञ्च नेपालको कार्यकारी निर्देक लिला भुजेल,इलाका प्रहरी कार्यलय इटहरी बाट कृष्ण कुमारी अधिकारी लगायतको सहभागीता रहेको थियो ।