मुस्कान अभियानको सुरुवात

महिलाको निम्ति महिला मञ्च नेपालको आयोजनामा भुकुम्प प्रभावितहरुलाई डर त्रास भगाउन र खुसी बाँड्नका लागि आज जेष्ठ १८ गते नयाँ बसपार्क काठमाण्डौबाट १४ वटै भुकुम्प प्रभावित जिल्लाहरुमा सञ्चालन गर्ने गरि मुस्कान अभियानको सुरुवात गरिएको छ ! उक्त कार्यक्रममा राष्ट्रिय गायकहरु सन्तोष दुमि राई, टंक बुधाथोकी, रोमा न्यौपाने, कार्यक्रम समंयोजक तथा कलाकार सुमन सागर जंग के.सी.तथा महिला मञ्च नेपालका कलाकारहरुले सबैलाई आ आफ्नो प्रतिभा प्रस्तुत गरि मनोरञ्जन बाडेका थिए !