पाँचखालमा महिला सुत्केरी, किशोरी बालिकाहरुको अवस्था पहिचान र आवस्यकता

देशभरका विभिन्न जिल्लाहरुमा विनासकारी भुकुम्पले प्रभाव पारेको छ. तर कुनै पनि निकायहरुबाट राहत नपुगेको स्थान काभ्रेको पाँचखालमा महिला सुत्केरी, किशोरी बालिकाहरुको अवस्था पहिचान र आवस्यकता बुझ्न गएका थियौ ! आवस्यक सामग्रीहरु वितरण गरियो धेरै जिल्लाहरुमा मानिसहरुलाई राहत पुगेको छैन कतै उद्धारकार्यहरुमा ढिलाई भईरहेको छ । विभिन्न जिल्लाहरुमा राहत वितरण गर्न पुग्ने जो कोहि दाताहरु अथवा सरकारले तत्कालिन अवस्थामा किशोरी, बालबालिका, सुत्केरी महिलाहरु र जेष्ठ नागरिकहरुको विशेष ध्यान दिनुपर्ने देखिन्छ ! उनिहरुलाई तत्काल आवस्यक समग्रीहरुको पनि आवस्यक पर्ने भएकाले विशेष ध्यानदिनु पर्छ ।